Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आलोकको नाममा ट्रष्ट

फिल्मीखबर, काठमाण्डौ, 2015/01/27
स्वर्गिय निर्देशक आलोक नेम्वाङको नाममा ‘ट्रष्ट आलोक’को घोषणा गरिएको छ । फागुन १५ गते रिलिज हुन लागेको फिल्म 'अझै पनि'का निर्देशक समेत रहेका आलोककी आमा अध्यक्ष रहने गरि ट्रष्ट घोषणा गरिएको हो । 
 
 
 
निर्माता पूनम गौतमको पूनम इन्टरटेन्मेन्ट ट्रस्टको संरक्षक रहनेछ । यो ट्रष्टले केही समयपछि नेपाली म्यूजिक भिडियोका जन्मदाता शम्भुजित बाँस्कोटालाई सम्मान गर्ने पूनमको भनाई छ ।
 
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान पुर्‍याउने नौ महिलालाई सम्मान समेत गरिएको छ । सम्मानित हुने महिलाहरुमा नेपाली फिल्मकी अभिनेत्री गौरी मल्ल, स्वास्थ्य तर्फ डाक्टर सुदेष्णा श्रेष्ठ, फेसन तर्फ शैलजा अधिकारी, सूचना आयोगकी यशोदा तिम्सिना, शिक्षा क्षेत्रतर्फ कुमुद भट्ट, वातावरण क्षेत्रतर्फबाट सरिता ज्ञवाली, ब्यूटिसियनतर्फ रश्मिला श्रेष्ठ, राजनीतितर्फ श्रृजना अधिकारी र बैंकिङ क्षेत्रतर्फबाट पवित्रा लिम्बु छन् ।
 
 
 
फिल्म 'अझै पनि' र पूनम इन्टरटेन्मेन्टले यो सम्मान गरेको हो । सम्मानित भएपछि सबै महिलाहरुले अझै पनिले राम्रो व्यापार गरोस् भनेर शुभकामना दिए । कार्यक्रमका प्रमुख अतिथी तथा विशेष अतिथी सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल र राधा ज्ञवालीले महिलाहरुलाई सम्मानित गरेका थिए ।
 
कार्यक्रममा बोल्दै निर्माता पूनम गौतमले आफ्नो फिल्म नारी प्रधान भएकाले महिलाहरुलाई सम्मानित गरेको बताइन् । पूनम इन्टरटेन्मेन्ट र सुदर्शन थापा प्रोडक्शनमा बनेको यो फिल्ममा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विपना धिमाल, विशाल भण्डारी, पुष्प खड्का लगायतका कलाकारको अभिनय छ ।
Most Visited News (monthly)