मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`सलमान लक्की, गडफादर होइन` : ज्याकिलन

फिल्मीखबर, काठमाण्डौ, 2015/01/26
बलिउडमा धरमराउँदो करिअरबाट पार पाउँदै अभिनेत्री ज्याकलिन फर्नान्डेज अहिले चर्चाको शिखरमा छिन् । उनी यसको श्रेय बलिउड अभिनेता सलमान खानलाई दिन्छिन् ।
 
सलमानसँग फिल्म 'किक'मा काम गरेपछि ज्याकलिनको करिअर एकाएक आकाशिएको हो । अहिलेको अवस्थामा उनको साथमा थुप्रै चर्चित प्रोडक्शन कम्पनीका फिल्म छन् । ज्याकलिन बलिउडकी महंगी अभिनेत्रीको सूचीमा दरिएकी छिन् ।
 
ज्याकलिनले आफ्नो लागि सलमान खान लक्की भएपनि गडफादर नभएको बताइन् । आफ्नो नयाँ फिल्म 'रोय'को प्रमोशनका क्रममा ज्याकलिनले भनिन्, 'मलाई थाहा छैन सलमान मेरा लागि गडफादर हुन् या होइनन्, तर लक्की भने पक्का हुन् ।'
 
सलमानले आफूलाई धेरै प्रेरणा दिएका उनको भनाई छ । सलमान कै कारण आफू अगाडि बढ्न सकेको र आज यो स्थानमा पुगेको ज्याकलिनको तर्क छ । उनले कार्यक्रममा सलमानको खुबै प्रशंसा पनि गरिन् ।