मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

गोपालको `लुटेरा`मा सविर नहुने

फिल्मीखबर, काठमाण्डौ, 2015/01/26
वितरक तथा निर्माता गोपाल कायस्थले बनाउन लागेको फिल्म `लुटेरा`का निर्देशक फेरिएका छन् । कलाकारदेखि कथावस्तु समेत फेरिएको यो फिल्मको अन्तिम क्षणमा आएर निर्देशन नै फेरिएका हुन् ।
 
सुरुवातमा अभिनेता निखिल उप्रेतीलाई लिएर कायस्थले फिल्म बनाउने बताएका थिए । यसको निर्देशन सविर श्रेष्ठले गर्ने पक्का भएको थियो । अभिनेत्री रेखा थापा समेतले काम गर्ने भएपछि कथावस्तु फेरबदल गरिएको थियो । निखिल र रेखाले ८ बर्षपछि एकसाथ काम गर्न लागेपछि कायस्थ पनि दंग थिए ।
 
तर, फिल्मको निर्देशक नै परिवर्तन भएपछि कायस्थ नायिकाको खोजीमा पनि लागेका छन् । उनले फिल्ममा रेखा थापाले आइटम डान्स मात्र गर्ने जानकारी दिएका छन् । आपसी समझदारीमा नै सविर श्रेष्ठले छाडेको कायस्थको भनाई छ ।
 
सबिर 'राम प्यारी' फिल्ममा व्यस्त हुने भएकाले सहमतीमा छोडेको निर्माता कायस्थले बताए । अब यो फिल्मलाई दयाराम दाहालले निर्देशन गर्ने छन् ।  माघ महिनाबाट नै सुरु हुने भनिएपनि कलाकार र निर्देशकको फेरबदलका कारण यो फिल्मको छायांकन सुरु हुन सकेको छैन ।