मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिष्मालाई खुसी बनाए राजेशले

फिल्मीखबर, काठमाण्डौ, 2015/01/26
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको जोडी फिल्मको पर्दामा सधैं चर्चित छ । करिश्मा र राजेश सार्वजनिक कार्यक्रममा बोलेको दुर्लभ नै भेटिन्छ । तरपनि, यो जोडीको साथ छुटेको छैन ।
 
 
करिश्माले निर्माण गर्न लागेको नयाँ फिल्म 'फागु'मा राजेश छुटेका छैनन् । यो फिल्ममा राजेशको पनि विशेष भूमिका रहनेछ । फिल्मको घोषणा कार्यक्रममा सबै कलाकार उपस्थित भएपनि राजेश देखिएनन् । 
 
प्राय: कार्यक्रममा ढिला पुग्ने हमाल उक्त कार्यक्रममा खानपिन गर्ने बेला टुप्लुक्क देखापरे । उनले अभिनेत्री करिश्मा मानन्धर र फिल्मको  टिमसँग तस्बिर खिचाए । ढिलाई आएपनि राजेशले करिश्माको चित्त दुखाएनन् ।