संचारकर्मीसँगै निर्माता बनेका कुमार आचार्यले निर्माण गरेको दोश्रो फिल्म 'बर्दी' जेठ ८ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । निर्माण भएको केही बर्ष भैसक्दा पनि कुमार यो फिल्मलाई प्रदर्शन गर्न सकिरहेका थिएनन् ।
.jpg)
विजय विक्रम बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको लगानी छ । समाजमा सुरक्षा निकायको उपस्थिती कमजोर हुँदा अवस्था विकराल हुने कथालाई फिल्मले उठान गरेको छ । फिल्ममा अनु शाह, रुपा खनाल, कुशल थापा, विरेन डीसी, आरपी भट्टराई, सरोज शाह, म्याण्डी बाबु, भानु प्रताप लगायतका कलाकारको अभिनय छ ।
फिल्ममा कुमार महर्जनको द्धन्द्ध, पुरुषोत्तम बस्नेत, दीपेश गौतम, अनिला खड्काको गीत, प्रदिप श्रेष्ठको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन छ । सुनिल मानन्धरले फिल्मलाई वितरण गर्नेछन् । कुमारले 'बर्दी' भन्दा अगाडी 'मानव' बनाएका थिए ।

