वितरक सुनिल मानन्धरले फिल्म 'नाई नभन्नु ल ३'का लागि एउटा जोखिम मोलेका छन् । फिल्म चल्छ भन्ने पक्का सोचेर उनले ३५ लाख रुपैयाँ मिनिमम ग्यारेन्टी लिएका छन् ।
.jpg)
.jpg)
सुनिलले भने, 'फिल्म चलेपनि नचलेपनि निर्मातालाई ३५ लाख रुपैयाँ मैले ग्यारेन्टी दिएको हुँ । उनले ३५ लाख भन्दा माथिको व्यापार भएपछि मात्र हिसाब आधा आधा हुने बताए ।
सुनिलले नै काठमाण्डौबाट ३५ लाख रुपैयाँको मिनिमम ग्यारेन्टी लिएपछि 'नाई नभन्नु ल ३'को निर्माता नाफामा जाने पक्का जस्तै देखिएको छ ।
विकास आचार्यको निर्माणमा मुष्कान ढकालले निर्देशन गरेको फिल्म 'नाई नभन्नु ल ३'मा सुरज सिंह ठकुरी, प्रियंका कार्की, आर्यन सिग्देल, संचिता लुइटेल, बाल कलाकार अनुभव रेग्मी, सफला भट्टराई लगायतको अभिनय छ ।
'नाई नभन्नु ल' र 'नाई नभन्नु ल २' हिट भएपछि 'नाई नभन्नु ल ३' निर्माण गरिएको हो । निर्देशक आचार्यले 'नाईं नभन्नु ल ४' समेत निर्माण गर्ने बताएका छन् । 'नाईं नभन्नु ल ३'को गत साता सार्वजनिक गीतले चर्चा पाईसकेको छ ।

