Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनले अब कस्तो फिल्म खेल्ने ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/20
नेपालमा कतिबेला कुन कलाकारको भाग्य कसरी चम्कन्छ भन्न गाह्रो छ । नेपाली फिल्म क्षेत्रको अवस्था दिनानुदिन नाजुक बन्दा कलाकार पनि यसको शिकार भैरहेका छन् ।
 
कस्ता फिल्म खेल्दा दर्शकले मन पराउँछन् भन्ने कलाकारलाई नै पत्तो पाएका छैनन् । यस्तै भएको छ अभिनेता आर्यन सिग्देललाई पनि ।
 
आर्यनलाई नेपाली फिल्म नगरीमा चलकेटी अभिनेताको रुपमा चिनिन्छ । तर, उनले चकलेटी भूमिका गरेका अधिकांश फिल्म असफल बने । यही बर्षको वैशाखमा 'नोभेम्बर रेन' सफल भयो । एउटा फिल्म हिट हुने वित्तिकै आर्यन पनि चम्किए । उनको हातमा अफरको ओइरो लाग्यो ।
 
आर्यनले भूमिका परिवर्तन गर्नुपर्छ भन्ने कुरा मिडियादेखि दर्शकसम्मबाट सुनियो । आर्यनले पनि आफूलाई बलिउड अभिनेता सलमानको फ्यान भन्दै द्धन्द्धलाई रोजे । लगातार २ एक्सन फिल्म नचलेपछि आर्यन द्धन्द्धमा पनि असफल देखिएका छन् । आर्यनकै द्धन्द्धलाई ज्यादा प्रचार गरिएका 'नाइके' र 'अलबिदा' सोचे अनुरूपले चलेनन् । यसको असफलताको जस आर्यनले नै पाए ।
 
चकलेटी भूमिकाबाट एक्सन अभिनेता बन्ने आर्यनको यात्रामा काँडाले घोचेको छ । यो बर्ष आर्यनका २ वटा लभर व्वायको भूमिका निर्वाह गरेका फिल्म 'नोभेम्बर रेन' र 'लज्जा' चलेपनि २ वटा एक्सन फिल्म चलेनन् । यसैले, आर्यन अब कस्तो भूमिका गर्दा चलिन्छ भन्नेमा नै दोधारमा देखिएका छन् ।
Most Visited News (monthly)