अभिनेत्री प्रियंका कार्की अहिलेकी व्यस्त अभिनेत्रीमा पर्छिन् । एकपछि अर्को फिल्मको छायांकनले उनलाई भ्याइ नभ्याई छ । सायद यसैले होला प्रियंका नेपालमा बढ्दै गएको बन्दका कारण आक्रान्त देखिएकी छिन् ।
दिनहुँ हुन थालेका बन्दका कारण आक्रोशमा देखिएकी प्रियंकाले आफू बिहानै स्कुटर निकालेर काममा हिडेको जनाएकी छिन् । फेसबुकमा तस्बिर पोष्ट गर्दै उनले चेतावनीपूर्ण स्टाटस कोरेकी छिन् । उनले आफू स्कुटर लिएर काममा हिडेको भन्दै रोक्न खोज्नेको मुख सुख फुटाइदिने धम्की समेत दिएकी छिन् ।
संसार कहाँबाट कहाँसम्म पुगिसक्यो भन्दै उनले बन्दले नेपाल विकासमा अवरोध खडा गरेको आशय व्यक्त गरेकी छिन् । प्रियंकाले नेपाल खुल्ला छ भन्दै स्कुटर लिएर बाटोमा कुदेको तस्बिर र भिडियो समेत फेसबुकमा राखेकी छिन् ।
प्रियंकाले बन्दको विरोध गर्दै फेसबुकमा आफ्नो भनाई राखेपछि उनलाई उनका फ्यानहरुले समर्थन गरेका छन् । नेपाली फिल्मीकर्मीले बन्दको विरोधमा आ-आफ्नै तरिकाले आक्रोश पोखेका छन् ।

