Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भट्टसँग कट्रिनाको रोमान्स

फिल्मीखबर, काठमाण्डौ, 2015/01/20
बलिउड अभिनेत्री कट्रिना कैफ अभिनेता रणवीर कपुरसँगको सम्बन्धको कारण चर्चामा छिन् । तर, उनको चर्चा गसिपका कारण जती हुन्छ फिल्म अभिनयका कारण पनि हुन्छ ।
 
कट्रिना नयाँ फिल्म 'फितुर'मा काम गर्न तयार भएकी छिन् । यो फिल्ममा कट्रिनालाई कलाकार राहुल भट्टले साथ दिनेछन् । राहुल फिल्म 'अगली'मा देखिएका थिए । उनलाई यो फिल्ममा गरेको अभिनयका कारण चारैतिरबाट तारिफ पनि मिलेको छ ।
 
राहुलले आफू कट्रिनासँग काम गर्न पाउँदा अत्यन्त खुशी भएको खुलाएका छन् । यो फिल्मका लागि राहुल भन्दा अगाडि सैफ अली खान र फवाद खानलाई प्रस्ताव गरिएको थियो । तर, दुबै खानले यो फिल्ममा काम गर्न अस्विकार गरेका थिए । 
 
फिल्ममा राहुल र कट्रिनाको साथमा ‘आशिकी २’ अभिनेता आदित्य रोय कपुरको अभिनय रहनेछ । त्रिकोणात्मक प्रेमकथामा आधारित 'फितुर'का लागि आफू अत्यन्त उत्साहित भएको कट्रिनाले जनाएकी छिन् ।
Most Visited News (monthly)