मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 1.00/5.00)
Text size:-
+
-

पहिलो गासमै नम्रतालाई ढुंगा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/19
'सोल सिस्टर' नाम फिल्म बनाएर निर्माताको पगरी गुथेकी अभिनेत्री नम्रता श्रेष्ठलाई व्यवसायिक धक्का लागेको छ । यो धक्कासँगै नम्रतालाई पहिलो गासमै ढुंगा मिलेको छ । 
 
फिल्मको फष्ट लुक सार्वजनिक कार्यक्रममा उत्साहित देखिएकी नम्रता 'सोल सिस्टर'ले आफूलाई निर्माणमा पनि सफल ठहर्याउने कुरामा विश्वस्त थिइन् । शुक्रबारबाट फिल्म चलेपनि बक्स अफिसमा कुनै कमाल भएन । 
 
प्रशान्त रसाइलीको निर्देशनमा नम्रताले निर्माण गरेको 'सोल सिस्टर'मा उनी दोहोरो भूमिकामा थिइन् । आफूलाई यो फिल्मको कथावस्तु मन परेकाले लगानी गरेको नम्रताले बताएकी थिइन् । नम्रताका लागि आफ्नै रोजाइको पहिलो कथा असफल सावित भएको छ ।
 
'सोल सिस्टर' हेर्न दर्शक त हलमा पुगेनन्, फिल्म हेर्नेले पनि गतिलो समिक्षा दिएनन् । नेपालमा फिल्म निर्माणमा उत्रेका केही अभिनेत्रीहरु मध्ये नम्रता असफल देखिइन् । यसअघि निर्मातामा अभिनेत्री ऋचा घिमिरेलाई पनि लक लागेको थिएन । रेखा थापा, झरना थापा फिल्म निर्माण गरेर सफल मानिएका अभिनेत्री हुन् । 
 
नम्रताले अभिनय गरेको फिल्ममध्ये यो बर्ष 'नोभेम्बर रेन' मात्र सफल भएको छ । आशा गरिएको 'ताण्डव' असफल भएपछि नम्रताको क्रेज बजारमा धर्मराएको थियो । 'सोल सिस्टर'ले समेत दर्शक नतानेपछि नम्रताको फिल्म बजार कमजोर देखिएको छ ।