Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नचाहेरै स्क्याण्डल हुन्छ` : भुवन केसी

फिल्मीखबर, काठमाण्डौ, 2015/01/19
अभिनेता भुवन केसी र स्क्याण्डल एकअर्काका पर्यायी हुन् भन्दा फरक नपर्ला । जहाँँ भुवन त्यहाँ स्क्याण्डल, त्यो पनि महिलासँग जोडिएको । प्राय महिलासँगको बिबादमा घेरिने भुवनले नचाहँदा नचाहँदै स्क्याण्डल हुने गरेको बताएका छन् ।
 
 
 
आफ्नो आत्मकथा बजारमा आउने तयारी भईरहेका बेला भुवनले पत्रकारमाझ भने, 'म कहिलेपनि चाहेर स्क्याण्डल गर्दिन । नचाहेरै स्क्याण्डल भईरहेको हुन्छ । किन र कसरी हुन्छ भन्ने कुरा मेरो आत्मकथाभित्र पढ्न पाउनु हुनेछ ।' 
 
घोष्ट राइटिङ नेपालले भुवन केसीको आत्मकथा उनकै आमा बिन्दू केसीको जन्मदिनको अवसर पारेर यहि चैत्र २२ गते सार्वजनिक गर्दैछ । 'बाल्यकालदेखि ४० बर्षे फिल्म करियरको सफलता र असफलताको कथा मेरो आत्मकथाभित्र समावेश हुनेछ', भुवनले भने ।
 
'मेरो जीवनमा घटेका हरेक घटना काल्पनिक नभई यथार्थ रूपमा प्रस्तुत हुने कुरामा विस्वस्त पार्न चाहन्छु', उनले थपे, 'मेरो पुस्तक आउने पिंढीका लागि मार्गदर्शन पनि हुनेछ भन्ने विश्वास लिएको छु ।'
 
घोष्ट राइटिङ नेपालका प्रमुख तथा भुवनको आत्मकथा लेखेका कमल ढकालले साढे दुई बर्ष लगाएर पुस्तक तयार पारेको बताए । उनले भुवनको आत्मकथा पुस्तकलाई रोमाञ्चक र रहस्यमय पुस्तक भनेका छन् ।
 
जब भुवन केसीको जन्म भयो तबदेखि उनको संगत महिलासँग मात्र भयो । बुवाको मायाबाट बञ्चित भएका भुवनले आफू आमा र माईजुहरूको काखमा नै हुर्केको बताए । त्यसैले हुनसक्छ, भुवनको नारीप्रतिको प्रेम प्रगाढ हुने गर्दछ ।  
 
लेखक ढकालले भने, 'भुवनको पहिलो प्रेम उनकी आमा हुन् । बाल्यकालमै उनलाई पुरूषको प्रेमले स्पर्स गर्न सकेन । त्यहि भएर भुवनको महिलासँग अलि बढी झुकाव छ ।' उनले आफ्नो पुस्तकमा भुवनका हरेक स्क्याण्डलको चर्चा गरेको सुनाए । 
 
भुवनकी आमाले छोराको आत्मकथा आउन लागेकोमा खुसी व्यक्त गरिन् । 'म अत्यन्तै खुसी छु', आमा बिन्दूले भनिन् ।
 
कार्यक्रममा घोष्ट राईटिङ नेपालले भुवनलाई आत्मकथाको प्रकाशनको अधिकार दिएवापत दुई लाख ३५ हजार रूपैंयाको चेक प्रदान गर्‍यो । आत्मकथाको अधिकार कतिमा किनेको भन्ने बारे खुलाईएन ।
Most Visited News (monthly)