Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रीमाका लागि `स्केप` अवसर र चुनौती

फिल्मीखबर, काठमाण्डौ, 2015/01/19
फिल्म `स्वर`मा केकी अधिकारी र वेनिशा हमालसँगै डेब्यू गरेकी अभिनेत्री रीमा विश्वकर्मा अझै पनि गतिलो भूमिका पाउन सकेकी छैनन् । उनले अधिकांश फिल्ममा सह-अभिनेत्रीको भूमिका मात्र निर्वाह गरेकी छिन् ।
 
रीमाले फिल्म 'भिसा गर्ल' र 'ऋतु'मा सह-अभिनेत्रीको रुपमा काम गरेपनि अभिनयको प्रशंसा भने पाइन् । दुबै फिल्म बक्स अफिसमा असफल हुँदा रीमाका लागि ठूलो पर्दा सुखद बन्न भने सकेन । प्रेमका कारण ज्यादा चर्चामा रहने रीमाको म्यूजिक भिडियो यात्रा पनि अहिले पहिलेको जस्तो चम्किलो छैन ।
 
उनै रीमा माघ २३ गतेबाट प्रदर्शनमा आउने फिल्म 'स्केप'मा मुख्य भूमिकामा छिन् । कलाकार प्रदिप खड्कासँग रीमाले यो फिल्ममा जोडी जमाएकी छिन् । अनन्त घिमिरेले निर्देशन गरेको यो फिल्मले लागूपदार्थ दुव्र्यसनीको कथालाई अगाडि सारेको छ । रीमाको भूमिकाको बारेमा नखुलाईए पनि उनलाई पर्दामा बोल्ड पात्रको रूपमा देख्न पाईने बताईएको छ । 
 
सह-अभिनेत्रीबाट मुख्य अभिनेत्री बनेकी रीमका लागि 'स्केप' अवसर र चुनौती दुबै हो । हरेक कुराबाट फिट देखिएपनि पर्दामा जम्न नसक्नु रीमाको कमजोरी हो । तर, 'स्केप'मा रीमाले राम्रो काम गरेको र अभिनेत्रीको रुपमा नै अगाडि आउने यसको निर्माणपक्षले दाबी गरेको छ ।
 
'स्केप'ले रीमाको करिअरलाई अगाडि बढाउने विश्लेषण भैरहेको छ । तर, यो फिल्मले उनलाई अभिनेत्रीको रुपमा अगाडि बढाउँछ या पाउँदै आएको सह-अभिनेत्रीको भूमिका पनि खोस्छ, समयले बताउने छ ।
Most Visited News (monthly)