Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बिदेशमा पनि फिल्मको भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2015/01/18
एक सातामा तीन नेपाली फिल्मको भिडन्त नेपालमा हुनु नौलो रहेन । हरेकजसो साता दुईदेखि तीन फिल्मविच प्रतिश्पर्धा भईरहेको हुन्छ । यो भिडन्त बिदेशमा पनि हुन थालेको छ ।
 
 
आउँदो फेब्रुअरीको शुरूवातमा तीन नेपाली फिल्म अष्ट्रेलियामा रिलिज हुँदैछन् । फेब्रुअरी १ तारिखका दिन सिड्नीको इभेन्ट सिनेमाजमा फिल्म 'अधकट्टी'को प्रिमियर हुँदैछ । नेपालमा रिलिज नभएको यो फिल्मको पहिलो शो नै अष्ट्रेलियामा हुन लागेको हो । 
 
यस्तै गत मंसिर ५ गते रिलिज भएको फिल्म 'श्री ५ अम्बरे' फेब्रुअरी २ तारिखका दिन सिड्नीको इभेन्ट सिनेमाजमा नै रिलिज हुनेछ । यो फिल्म रिलिज भएको ६ दिन पश्चात ८ तारिखका दिन सोही हलमा 'हमजायगा' रिलिज हुनेछ ।
 
यस्तै हाल अमेरिकामा अभिनेता जीवन लुईटेलका दुई फिल्म 'ठूली' र 'स्टुपिड मन' चलिरहेका छन् । अमेरिकाका बिभिन्न शहरमा यि दुई फिल्म देखाईंदै छ । फिल्मको प्रचारका लागि जीवन हाल अमेरिकामा नै छन् ।   
 
एकैदिन फिल्म रिलिज नभएपनि बिदेशको ठाउँमा हप्तामा दुई भन्दा बढी फिल्म रिलिज हुनु पक्कै सुखद हैन । एउटा फिल्म चल्न पनि मुस्किल हुने ठाउँमा लगातार फिल्म चल्दा निर्माता र आयोजकलाई फाईदा त हुँदैन दर्शकलाई पनि फिल्म छानेर हेर्न पक्कै गार्‍हो पर्नेछ । 
Most Visited News (monthly)