निर्देशक हेमराज बिसीसहितको निर्माण टिमले बन्न लागेको फिल्म `ग्याङस्टार ब्लुज`मा अभिनेता अनमोल केसीलाई नै अभिनय गराउने सहमती गरेको छ । अनमोलले पिता भुवन केसीको फिल्म गर्ने भएपछी हेमराजको फिल्म नगर्ने मनस्थिती बनाएका थिए ।
शनिबार र आईतबारको छलफल पश्चात अनमोल बुवाको फिल्म 'ड्रिम्स'पछि अभिनय गर्न राजी भएका हुन् । भुवनको फिल्म फागुनमा सुटिङ हुनेछ । त्यसपश्चात अनमोलले `ग्याङस्टार ब्लुज`का लागि समय दिनेछन् ।
बुवाको फिल्म गर्न परेपछि समय नमिलेको भन्दै अनमोलले `ग्याङस्टार ब्लुज`का लागि पालेको कपाल केही दिन अगाडी मात्र काटेका थिए । अनमोलले `ग्याङस्टार ब्लुज` गर्ने भएपछि निर्देशक हेमराजसँग ह्याट्रिक गर्नेछन् । यसअघी अनमोलले हेमराजको 'होस्टल' र 'जेरी'मा अभिनय गरेर चर्चा पाएका थिए ।

