आगामी माघ २३ गते रिलिज हुन लागेको पारिवारिक प्रेमकथानक फिल्म 'लोग्ने मान्छे'को रोमाण्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा मुख्य पात्रद्धय दिलिप रायमाझी र नन्दिता केसी प्रेममा डुबेको देखाईएको छ ।
प्रदीप मित्तलको निर्माणमा तयार भएको यो फिल्मलाई लय संग्रौलाले निर्देशन गरेका हुन् । टेलिफिल्म निर्देशनमा चर्चित मानिएका लयले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् । उनले फिल्मले पुरुषबाट प्रताडित हुने नारीको कथालाई उठान गरेको बताए ।
चार गीत समावेश यो फिल्ममा चेतन सापकोटाको संगीत तथा लय संग्रौलाको शब्द छ । सार्वजनिक गीतमा स्वरूपराज आचार्यको स्वर छ । फिल्ममा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्धन्द्ध र वनिश शाहको सम्पादन छ ।

