अभिनेत्री पूजना स्त्रीको निर्माण तथा निर्मल शर्माको निर्देशन रहेको फिल्म 'चकलेट'को डबिङ शुरू गरिएको छ । राजधानीको बिजी बी स्टुडियोमा फिल्मको डबिङ गरिएको हो ।

रिलिज मिति तय नगरिएको 'चकलेट'को पहिलो दिनको डबिङ अभिनेता केशब भट्टराई र सुमन गैरेले गरे । छिट्टै नै रिलिज मिति तय गरेर प्रचार प्रसार शुरू गर्ने बताउँदै निर्देशक शर्माले फिल्मको पोष्ट प्रोडक्सनको काम तिब्र गतिमा अगाडी बढेको बताए ।
पूजना फिल्मस् प्रालिको व्यानरमा निर्मित फिल्ममा पूजना स्त्री, नम्रता झा, आयुष्मान घिमिरे, अनुज शाक्य, सुनिता ठाकुर, कमल मैनाली, केशव भट्टराई, सुमन गैरेलगायतको अभिनय रहेको छ ।
राजधानीमा रहेका सडक बालबालिकाको कथालाई कथानक बनाईएको 'चकलेट'मा खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङ निर्माताको रूपमा छन् । फिल्ममा शिखर सन्तोष, अर्जुन पोखरेल, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ छ भने सुदिप बरालको छायाँकन रहेको छ ।

