Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नचलेकोमा नाम, आशा गरेका खै त ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/16
चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राईलाई यतिबेला यूवापुस्ताको कथाले छोएको छ । 'संगम', 'त्रिवेणी', 'पापी मान्छे', 'पापी मान्छे २' र 'प्रोड्यूसर' निर्माण गरेपछि राजकुमारले 'वान वे' नामक फिल्ममा लगानी गरेका छन् ।
 
यसअघिका राजकुमारको फिल्मले मसला कथा बोक्थे । यसपटक राजकुमार नेपाली बजारसँगै ओभरसिज बजारमा पनि ध्यान खिचिरहेका छन् । यसैले उनले 'वान वे' नामक फिल्म बनाए, फरक प्रस्तुतीमा । 
 
प्रोड्यूसरको बिषयमा बनेको फिल्म 'प्रोड्यूसर'मा थोरै लगानी गरेर पनि राजकुमारले नाम राखेका थिए । तर, उनले आफ्नै मुख्य लगानी रहेको 'वान वे'मा आफ्नो नाम राखेका छैनन् । 'प्रोड्यूसर'को झट्काले राजकुमारलाई अझै नछोडेको हुनसक्छ ।
 
डनले परिचित दीपक मनाङेको छोरा सिद्धार्थ गुरूङले अभिनय गरेको 'वान वे'मा राजकुमारले निर्माताको रूपमा आफ्नी श्रीमतीको नाम राखेका छन् । दीपक मनाङ्गेका छोराको साथमा नव अनुहार माला लिम्बु फिल्ममा देखिदैछिन् ।
 
फागुन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा करिश्मा मानन्धर, रबिन तामाङ, विल्सन विक्रम राईको पनि मुख्य भूमिका छ । फिल्मलाई सुरज सुब्बा 'नाल्बो'ले निर्देशन गरेका हुन् । यो फिल्मबाट राजकुमारले व्यवसायिक सफलताको आश गरेका छन् । 
 
Most Visited News (monthly)