Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

`अझै पनि` गीत : `के गर्न मिल्छ मिठो पिरती...`

फिल्मीखबर, काठमाण्डौ, 2015/01/16
स्वर्गिय आलोक नेम्वाङको अन्तिम फिल्म 'अझै पनि'को चौथो गीत सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार सुदर्शन थापा र पूजा शर्माको प्रेम देखाइएको छ ।
 
सहिमा श्रेष्ठ र दीपक लिम्बुको आवाज रहेको गीतमा महेश खड्काको संगीत, डाक्टर कृष्णहरी बरालको शब्द छ । पूनम गौतम र सुदर्शन थापाले मिलेर बनाएको यो फिल्म फागुन १५ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
यसअघि सार्वजनिक ३ वटा गीतले पनि चर्चा पाएका थिए । यो गीतको शब्द र कोरियोग्राफीलाई रुचाइने अपेक्षा गरिएको छ । फिल्मले सामाजिक प्रेमकथालाई उठान गरेको छ ।
 

Most Visited News (monthly)