Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो पटक `मर्दानी` बन्दै रानी

फिल्मीखबर, काठमाण्डौ, 2015/01/16
अभिनेत्री रानी मुखर्जीलाई दोस्रो पटक 'मर्दानी'को रूपमा देख्न पाईने भएको छ । यसै बर्ष रिलिज भएको फिल्म ‘मर्दानी'को सिक्वेलमा रानीले शिर्ष भूमिका निर्वाह गर्नेछिन् ।  
 
 
निर्देशक प्रदिप सरकारले 'मर्दानी'को सिक्वेलमा रानीलाई नै लिने घोषणा गरेका हुन् । पहिलो भागमा सोचेभन्दा राम्रो काम गरेपछि रानीलाई दोस्रो भागमा लिने निर्णय निर्देशकले लिएका हुन् । 
 
मानव तस्करी तथा देह व्यापारमाथि बनेको फिल्म 'मर्दानी'ले मध्यम व्यापार गरेको थियो । पुलिस अफिसरको भूमिका निर्वाह गरेकी रानीले फिल्म खासै नचलेपनि कामको प्रशंसा र चर्चा कमाएकी थिईन् ।
Most Visited News (monthly)