चैत्र ६ गतेलाई प्रदर्शनको मिति तय गर्दै प्रचार प्रसारको थालनी गरेको फिल्म 'धून'को गीत रिलिज गरिएको छ । निर्माता सुशिल शाहले आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतमा मुख्य पात्र मुकेश ढकाल गायकको भएको देखाईएको छ । उनलाई जीवन लुईंटेल, नीता ढुङ्गाना, श्रेया दुलाल, उमा बेबी लगायतले साथ दिएका छन् । सांगीतिक प्रेमकथामा आधारित फिल्मको कथाको केन्द्रिय भूमिकामा मुकेश नै रहेको बताईएको छ ।
सार्वजनिक ‘मेरो प्यार’ बोलको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने संगीत लक्की सिटौलाले भरेका छन् । गीतको शब्द पनि संगीतकार सिटौलाको नै हो ।
कृष्ण पौडेलको डेब्यू निर्देशन तथा मालती शाह प्रस्तुतकर्ता रहेको यो फिल्ममा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन भट्टराईको लगानी छ ।

