पौष २५ मा ३ फिल्म प्रदर्शनमा आएको एक साता बित्न नपाउँदै निर्माताबाट निर्देशक बनेका मुनाल घिमिरेको 'इच्छा' प्रदर्शन हुनेछ । यो फिल्म प्रदर्शनसँगै मुनालको करिअरको बाटो तय हुनेछ ।
'आफ्नो मान्छे आफ्नै हुन्छ' र 'श्रीमान श्रीमती' जस्ता फिल्म निर्माण गरेर सफलता पाएका मुनाल निर्देशनबाट पनि सफलताको स्वाद चाख्ने कुरामा विश्वस्त छन् । उनले फिल्म चल्नेमा आफू ढुक्क भएको बताए ।
समय सुहाउँदो बिषय उठान गरेकाले पनि फिल्म चल्छ भन्नेमा मुनाल ढुक्क् देखिएका हुन् । दयाहाङ राई, सुवास थापा र शिखा शाहीले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । आमा बुबाले आफ्नो चाहनालाई मात्र लाद्न खोज्दा छोराछोरीको इच्छा कसरी मर्छ भन्ने कथा यसको मुख्य सार हो ।

