पूराना फिल्म निर्माता तथा निर्देशक फुर्पु छिरिङ शेर्पा फिल्ममा पुनः कमब्याक हुने भएका छन् । २५ वर्ष अगाडि मनिसा कोईरालालाई लिएर ‘फेरी भेटौँला’ नामक फिल्म निर्माण तथा निर्देशन गरेका शेर्पाले 'किड्न्याप' फिल्मबाट कम्ब्याक गर्ने भएका हुन् । शनिबार पोखरामा फिल्मको शुभमुर्हत भएको छ ।
.jpg)
एउटा बालकको अपहरणपछि घट्ने विभिन्न घटनालाई मुख्य कथा बनाएर फिल्मलाई फ्लोरमा लैजान लागेको शेर्पाले शुभमुर्हतको क्रममा जानकारी दिए । उनले दिएको जानकारी अनुसार फिल्म आईतबारदेखि फ्लोरमा जानेछ ।
फिल्ममा बालकलाकार प्रबल शिवाकोटीको मुख्य भुमिका रहने जानकारी दिईयो । फिल्मका अन्य कलाकारहरुमा रोहन नेपाली, भिम गुरुङ, सुरेश शिल्पकार, सुभास राई, राजेन्द्र नेपाली, युवराज भण्डारी लगायत छन् ।
ताङ्बे फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा २५ लाख रुपैँया खर्च लाग्ने बताईएको छ । फिल्मको कथा, पटकथा निर्देशक शेर्पाले नै लेखेका हुन् । फिल्मलाई बिराज पिपिले खिच्नेछन् । बुटवल र पोखरामा फिल्मको छायाँकन हुने निर्माण यूनिटले जनाएको छ ।

