Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जोनी लिभरको भूमिका राजपालले खोसे

फिल्मीखबर, काठमाण्डौ, 2015/01/06
बलिउड फिल्ममा कुनै समय जोनी लिभरको एकछत्र राज थियो । तर, अहिले उनी हराए जस्तै छन् । जोनी लिभरको बलिउडमा क्रेज कम भएको भन्नेहरु पनि छन् ।
 
 
सन् १९९२ देखि २००० सम्म जोनीले बलिउडमा राज गरेका थिए । कमेडी भूमिकादेखि कसैको क्यारिकेचर गर्नुपरेको खण्डमा जोनी नै अगाडि थिए । यसपछि उनको भूमिका कमजोर हुँदै गयो ।
 
यस बिषयमा कुरा गर्दै जोनीले आफ्नो स्थान अर्का हाँस्य कलाकार राजपाल यादवले लिएको बताएका छन् । उनले भने, 'मेरो स्थान राजपालले लिएका छन् । उनले प्राय फिल्ममा काम गरेका छन् । मलाई निर्माताहरुले पारिश्रमिकको दर कम गर्न भनेका थिए तर मैले मानिन ।'
 
आफूलाई पारिश्रमिकको दर कम गर्न भनेपछि पछाडि सरेको उनको भनाई छ । उनले आफूले पारिश्रमिकमा संझौता गर्न नसकेपछि काम नगरेर अरुलाई मौका दिएको खुलाएका छन् ।
 
जोनीले आफूलाई दर्शकले क्यारिकेचर गर्ने कलाकारको रुपमा १२ बर्षसम्म चिनेको गुनासो गरेका छन् । आफूलाई कलाकारको रुपमा चिन्न दर्शक र बलिउडलाई १२ बर्ष लागेको उनले सुनाए ।
Most Visited News (monthly)