Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पर्दामा नदेखिएको मलिना र अनुपको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2015/01/06
वास्तविक जीवनका जोडीलाई पर्दामा ल्याउँदा चर्चा पाइन्छ भन्ने सोच फिल्म बनाउनेहरुको हुन्छ । यसका कारण पनि बलिउडदेखि नेपाली  फिल्ममा वास्तविक जीवनमा खुलेका जोडीलाई पर्दामा देखाइएको छ ।
 
नीता ढुंगाना र आमेष भण्डारीको जोडी होस् या संयम पुरी र आश्मा डीसीको जोडी नै किन नहोस्, पर्दामा देखिदैछ । यी वास्तवीक जीवनका जोडीलाई पर्दामा एकसाथ काम गर्दा सजिलो भएको अनभुव पनि छ ।
 
तर, पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी र अभिनेता अनुप विक्रम शाहीको जोडीलाई पर्दामा देखाउने तयारी कसैले गरेका छैनन् । मलिना र अनुप एकपछि अर्को फिल्मको पर्दामा देखिदैछन् तर जोडी भने सबै फिल्ममा अलग देखिएको छ ।
 
मलिनाले 'ऋतु'बाट शुरू गरेको फिल्मी करिअर अहिले सफलताका साथ अगाडि बढाइरहेको छ । उनको हातमा एकपछि अर्को फिल्म छन् । तर, उनले आफ्नो जीवनमा जोडी अनुपँसग स्क्रिन शेयर गर्ने मौका पाएकी छैनन् । 'हाउ फन्नी'मा ३ वटा अभिनेत्री हुँदा मलिना अटाइनन् । 'झुम्की' र 'द विनर'मा मलिना हुँदा अनुप अटाएनन् ।
 
 
Most Visited News (monthly)