Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`सबिर नम्वर वान निर्देशक` : रेखा थापा

फिल्मीखबर, काठमाण्डौ, 2015/01/06
रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ सेन्सर पास भएको छ । सबिर श्रेष्ठ निर्मित एवं निर्देशित फिल्म ‘तथास्तु’ ले चलचित्र जाँच पास समितिबाट युनिभर्सल अर्थात् हरेक उमेर समुहका दर्शकले हेर्न मिल्ने गरी प्रमाण पत्र पाएको हो ।
 
 
 
फिल्म ‘तथास्तु’ को सेन्सरमा रेखा थापा स्वयम् पनि सहभागी थिइन् । सेन्सरमा पुरा फिल्म हेरेपछि निर्देशक समेत रहेकी रेखाले फिल्म र निर्देशक श्रेष्ठको निकै नै प्रशंसा गरेकी छन् । 
 
रेखाले आफ्नो फेसबुक वालमा ‘सेन्सरमा तथास्तु हेरें । सबिर श्रेष्ठ नम्वर वान निर्देशक । उहाँले फेरी पनि राम्रो फिल्म बनाएर प्रमाणित गरिदिनु भएको छ । सबिरको निर्देशनमा अभिनय गर्न पाउँदा म गर्व गर्छु ।’ 
 
सबिरले निर्देशन गरेका ७ फिल्महरुमध्ये रेखा ५ फिल्ममा मुख्य भूमिकामा प्रस्तुत भएकी छन् । सबिरको डेव्यु निर्देशकीय फिल्म ‘कसले चोर्यो मेरो मन’ र रेखा फिल्मस्कै अर्को फिल्म ‘काली’ मा रेखा र सबिरको सहकार्यले व्यापारिक सफलता समेत पाएको थियो । फिल्म ‘तथास्तु’ यही शुक्रबार पुष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
 
जगदिश्वर थापाको लेखन रहेको फिल्म ‘तथास्तु’ मा रेखासँगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत रहेको ‘तथास्तु’ लाई बाबु श्रेष्ठले खिचेका हुन् । नारी हिंसा र प्रतिकारको प्रतिनिधित्व गर्ने ‘तथास्तु’  प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । 
 
Most Visited News (monthly)