चैत्र १३ गते रिलिज हुने भनिएको फिल्म 'भूलभुलैया'को सांगीतिक प्रोमो रिलिज गरिएको छ । 'माया गर्छौ' बोलको गीतमा अभिनेत्री नीता ढुंगाना अभिनेतासँग जीवन लुईटेल र सोहित मानन्धरको त्रिकोणात्मक प्रेम देखाईएको छ ।
बसन्त सापकोटाको संगीत तथा स्वप्निल बरालको शब्द रहेको प्रस्तुत गीतमा रजिना रिमालको स्वर रहेको छ । फिल्मलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।

