Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चैत्र २७ मा जीत कस्को ?

फिल्मीखबर, काठमाण्डौ, 2015/01/05
निर्देशकहरुको हक हितका लागि आवाज उठाउने संस्थाका अध्यक्ष दीनेश डीसी पनि फिल्म जुधाउने भिडन्तमा लागेका छन् । उनले चैत्र २७ गते अन्य ३ फिल्म माथि आफ्नो फिल्म 'फूलै फूलको मौसम तिमीलाई' भिडाउने तयारीमा लागेका हुन् ।
 
 
वैशाख १ को नयाँ बर्ष बिदा खाने फिल्मको संख्या अब ४ पुगेको छ । निर्माता छविराज ओझाले यसअघि नै फिल्म 'हवल्दार सुन्तली'को प्रदर्शन मिति तोकिसकेका छन् । छविको फिल्म नगरीमा आफ्नै खालको छवि छ । व्यवसायिक फिल्म बनाउने कुरामा छवि अगाडि छन् । 
 
यस्तै, यही दिनमा ब्रान्ड भ्यालु बनाएको फिल्म 'नाई नभन्नु ल ३' पनि प्रदर्शनमा आउँदैछ । विकास आचार्यको निर्माण र मुस्कान ढकालले निर्देशन गरेको यो फिल्मको ब्रान्डले गर्दा पनि चल्ने धेरैको अड्कल छ । यसैमाथि यो फिल्ममा स्टारहरूको जमघटले पनि दर्शकलाई छुट्टै आकर्षण गर्नेछ । 
 
चैत्र २७ गते नै पूराना निर्देशक निर शाहको निर्देशनमा बनेको फिल्म 'सेतोबाघ' आउँदैछ । यो फिल्म काठमाण्डौका केही हलमा मात्र लाग्ने वुझिएको छ । राम्रा हल पाएका कारण दीनेश डीसीले अन्य ३ फिल्ममाथि 'फूलै फूलको मौसम तिमीलाई' गाभेका हुन् ।
 
मनोज राठी र उज्ज्वल पौडेलले फिल्म 'फूलै फूलको मौसम तिमीलाई' वितरण गर्न लागेका हुन् । मनोज र उज्ज्वलको निर्माता छविराज ओझासँग 'काली' फिल्मको प्रदर्शनको समयदेखि नै दुश्मनी देखिएको थियो । वितरकको जुंगे लडाईंमा यि फिल्महरू भिड्ने छन् । 
 
नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका रहेको 'फूलै फूलको मौसम तिमीलाई'को प्रचारमा निर्देशक तथा निर्माता दीनेश डीसी लागिसकेका छन् । उनको हल्लाले नै फिल्मलाई एउटा उचाई दिने काम गर्छ । 
 
४ वटा बीग ब्यानरको भिडन्तमा कुन फिल्म सहिद हुने हो, फिल्म बजारमा चर्चा सुरु भैसकेको छ । चार वटै फिल्मलाई सफलताको शुभकामना ! 
Most Visited News (monthly)