Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिलाको बिचमा लजाए भुवन

फिल्मीखबर, काठमाण्डौ, 2015/01/04
अभिनेता भुवन केसी र महिलाहरुको सम्बन्धको बारेमा सबैलाई थाहा छ । भुवन यूवती र महिलासँग निकट देखिन्छन् । उनै भुवन राजधानीमा आयोजना भएको एक सौन्दर्य प्रतियोगीतामा भने महिलाको विचमा घेरिंदा लजाए । 
 
 
 
रविना व्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर र फ्यासिनेटेड व्यूटी ट्रेनिङ स्कुलले आयोजना गरेको 'सिक्टिज फेसन शो तथा मेकअप र हेयर डो कम्पिटिसन' कार्यक्रममा प्रमुख अतिथी बनेका भुवन महिलाहरुको माझमा घेरिए । जसका कारण पनि उनी केही लजाएका थिए । 
 
सौन्दर्य व्यवसायीहरुको कार्यक्रममा प्रतिश्पर्धीलाई शुभकामना दिने क्रममा भुवनको बोली लरबरियो । भुवनले महिलाहरुलाई यस्ता खालका कार्यक्रमले आत्मविश्वास बढाउने बताए ।
 
भुवनसँग कार्यक्रममा उपस्थित अधिकांश महिलले तस्बिर खिचाए । तस्बिर खिचाउँदा भुवन लजाए पनि मुस्कुराउन भने छाडेनन् । भुवन यसरी महिलाको भिडमा घेरिएको पहिलो पटक हुनुपर्छ ।
 
 
उक्त 'सिक्टिज फेसन शो तथा मेकअप र हेयर डो कम्पिटिसन'मा भूमा देवी रिमाल प्रथम भएकी थिईन् । 
 
Most Visited News (monthly)