गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'जिन्दगी रक्स'लाई सञ्चारकर्मीले रूचाएका छन् । आईतवार काठमाडौँको सिटी सेन्टरमा फिल्म हेरेपश्चात संचारकर्मीहरूले फिल्म राम्रो बनेको प्रतिकृया दिए ।


दर्शकको पनि मन जित्दै गरेको यो रोमान्टिक कमेडी फिल्मले हलबाट निस्कदा मुड फ्रेस हुने प्रतिकृया प्राप्त भएको छ । काठमाडौँ उपत्यकाका १७ र काठमाडौँ उपत्यका बाहिर ४० वटा हलमा गरी कुल ५७ वटा हल पाएको 'जिन्दगी रक्स'ले प्रर्दशनको ३ दिन सम्म आइपुग्दा राम्रै ब्यापार गरेको निर्देशक निकेश खड्काको दाबी छ ।
परिवर्तित मौसमका कारण चिसो बढेसँगै बिहानीको शो केही प्रभावित भएपनि दिउसो र साँझका शोमा भने दर्शकको राम्रो उपस्थिती रहेको निर्माता सुजता श्रेष्ठले जानकारी दिईन् ।
फिल्मको बिशेष शोमा मुख्य पात्र सौरमराज तुलाधर, अकेशा बिष्ट, सोनम पाख्रिनसहित निर्देशक खड्का, निर्माता श्रेष्ठलगायतको टिम उपस्थित थियो ।

