कुनै पनि क्षेत्रबाट सन्यास लिनका लागि लामो समय त्यसमा योगदान गर्नुपर्छ । अनि मात्र त्यसको सन्यासको औचित्य हुन्छ । तर, यहाँ नचलेपछि र फिल्म चलाउनकै लागि चर्चा नै पाउन नसकेका फिल्मकर्मीले सन्यासको ढ्वाङ फुक्छन् ।
फिल्ममा काम नपाएपछि सन्यास भनिदिने प्रचलन बढ्दै गएको छ । फिल्म 'समय'मा काम गरेकी अभिनेत्री सुरभी जैन बिष्टले पनि आफू यो क्षेत्रबाट टाढा भएको उद्घोष गरेकी छिन् । उनले अब आफूले यो क्षेत्रबाट विश्राम लिएको जनाउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् ।
सुरभीले अब आफू आफ्नो बुवाको व्यापारमा लाग्ने बताएकी छिन् । सुरभी फिल्म क्षेत्रमा आएको केही बर्ष मात्र भयो । उनले आधा दर्जन पनि फिल्ममा काम गर्न भ्याएकी छैनन् ।
'समय' फिल्म प्रदर्शनको समयमा उनको चर्चा केही चलेपनि यसपछि पूर्ण रुपमा उनी चुपचाप देखिइन् । यहि चुपचाप रहने समय बढ्दै गएपछि उनले फिल्म क्षेत्रलाई 'बाईबाई' गर्नुको विकल्प देखिनन् ।

