मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.40/5.00)
Text size:-
+
-

झल्कियो आर्यनको सक्कली कपाल

फिल्मीखबर, काठमाण्डौ, 2015/01/02
अभिनेता आर्यन सिग्देल पर्दामा नक्कली कपाल लगाएर चकलेटी देखिने कलाकारमा पर्छन् । आर्यनको अगाडी पट्टिको कपाल झरेपछि उनले नक्कली कपाल लगाएर काम गर्छन् । नक्कली कपाल लगाएपनि दर्शकलाई उनको कपालले आकर्षित गर्दछ ।
 
 
निरक पौडेलको निर्देशनमा बनिरहेको फिल्म 'होमवर्क'मा भने आर्यनको वास्तविक कपालको लुक्स झल्किएको छ । जवान र बुढो उमेरको चरित्र निभाउँदै गरेका आर्यनको बुढ्यौली लुक्समा वास्तविक कपाल देखिएको हो ।
 
सबैजसो फिल्ममा नक्कली कपाल लगाएर चकलेटी देखिएका आर्यनले 'होमवर्क'ले भने वास्तविक अवतारमा ल्याइदिएको छ । आर्यनको सक्कली कपालको अवतारले ध्यान पनि तानेको छ ।  
 
 
अभिनेत्री गौरी मल्लले बुढ्यौली आर्यनलाई श्रीमतीको रुपमा साथ दिएकी छिन् भने अर्को भूमिकामा नम्रता श्रेष्ठले प्रेमिकाको रूपमा साथ दिएकी छिन् । आर्यन पछिल्लो समय आफूलाई परिवर्तन गर्दै नयाँ-नयाँ भूमिकामा देखिन थालेका छन् । 
 
तस्विर सभार : फेसबुक