Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखालाई हेरेर `तथास्तु`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/30
पौष २५ गतेबाट अभिनेत्री रेखा थापाको द्धन्द्धात्मक भूमिका रहेको फिल्म `तथास्तु` प्रदर्शनमा आउँदैछ । यो फिल्मको कथा निर्देशक सविर श्रेष्ठले रेखालाई नै हेरेर लेखिएको बताएका छन् ।
 
 
सविरले भने– 'यो फिल्ममा कथा लेखेपछि रेखालाई पक्का गरिएको होइन, रेखालाई हेरेर नै लेखिएको हो ।' सविरले रेखा थापा नेपाली फिल्मको एक स्टार भएकाले उनको माग आफूहरुले महशुस गरेको खुलाए ।
 
सविरका अनुसार कुनै पनि कलाकार ब्रान्ड बनेपछि मात्र उसको अनुहार हेरेर कथा लेखिन्छ, रेखा त्यही स्थानमा छिन् । अभिनेत्री थापाले पनि फिल्ममा आफूले नारी प्रधान भूमिका निर्वाह गरेको बताइन् ।
 
सुवास थापा, विज्ञान जोशी लगायतका कलाकारले समेत काम गरेको यो फिल्मलाई रामहरी धितालले निर्माण गरेका हुन् । फिल्ममा बसन्त सापकोटाको संगीत छ । 
 
अभिनेत्री थापासँग सविरले काम गरेका दुई फिल्म 'कसले चोर्यो मेरो मन', 'काली' हिट छन् । 'तथास्तु' पनि यही सूचीमा पर्ने दाबी रेखा र सविरको छ ।
Most Visited News (monthly)