Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोल्पामा अन्तर्राष्ट्रिय फिल्म कार्यशाला हुने

फिल्मीखबर, काठमाण्डौ, 2014/12/29
अखिल नेपाल चलचित्रकर्मी संघले रोल्पा सदरमुकाम लिवाङमा 'अन्तर्राष्ट्रिय फिल्म कार्यशाला २०७१' गर्ने भएको छ । नेपाली फिल्मकर्मीहरूको सिप, क्षमता र अनुभवलाई सम्बृद्ध गर्ने तथा नयाँ फिल्म आन्दोलन मार्फत नेपाली फिल्मको रुपान्तरणको लागी अन्तर्राष्ट्रिय स्तरको कार्यशाला गर्न लागेको हो । 
 
 
भारत तथा ईजिप्ट देशका फिल्मकर्मीले प्रशिक्षण दिने कार्यशाला आगामी माघ २२ देखि फागुन १ गतेसम्म चल्ने आज राजाधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिईयो । 
 
संघका अध्यक्ष केपी पाठकले कार्यशालाको लागी भारतबाट फिल्म लेखक तथा समिक्षक, निर्देशक शेखर दास र ईजिप्टका फिल्म लेखक, समिक्षक तथा सम्पादक प्राध्यापक सफा एलाएसी हगाग आउने निश्चित भईसकेको जानकारी दिए । यस्तै छिमेकी देश चीन र अर्को मित्र राष्ट्र क्युवाबाट पनि केहि फिल्मकर्मी प्रशिक्षणको लागी ल्याउन गरिएको पहल अन्तिम चरणमा पुगेको अध्यक्ष पाठकले बताए ।
 
कार्यशालामा ५० जना फिल्मकर्मीको सहभागिता रहने बताईएको छ । जसको लागी पौष १५ बाट आवेदन फारम खुल्नेछ । कार्यशालामा १० जना फिल्म बिधामा कलम चलाईरहेका पत्रकारहरुको पनि सहभागिता रहने बताईएको छ ।
 
Most Visited News (monthly)