अभिनेता यशराज गरच नेपाललाई एकिकरण गरेका राजा पृथ्वीनारायण शाहको स्वरूपमा उत्रिएका छन् । पृथ्वीनारायण शाहको भूमिका निर्वाह गर्दै ऐतिहासिक पृष्ठभूमीमा बनेको फिल्म 'किर्तिपुर'मा यि अभिनेताको मुख्य अभिनय छ ।


फिल्मीखबर मार्फत यशराजले आफ्नो फिल्मी गेटअप सार्वजनिक गरे । प्रदर्शनको तयारीमा रहेको 'किर्तिपुर'मा पृथ्वीनारायण शाहले किर्तिपुर माथी बिजयी प्राप्त गर्नु पूर्वको युद्दको कथालाई उतारेको बताईएको छ ।
.jpg)

प्रदीप खड्गीले निर्देशन गरेको यो फिल्ममा हिसिला महर्जन, मनि लावत, मदनदाश श्रेष्ठ, अञ्जला नकर्मी लगायतले अभिनय गरेका छन् । फोकस फिक्चर्सको व्यानरमा बिरेन्द्र ताम्राकार र प्रेम खड्गीले निर्माण गरेको यो फिल्म हेरे पश्चात दर्शकले किर्तिपुर युद्दलाई नजिकबाट बुझ्न पाउने निर्माण युनिटले जनाएको छ ।

