Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेलमा तौल घटाए संजयले

फिल्मीखबर, काठमाण्डौ, 2014/12/29
१४ दिनका लागि जेलबाट मुक्त भएका बलिउड अभिनेता संजय दत्त यतिबेला आफ्नो परिवारसँग समय बिताइरहेका छन् । संजयले आफूलाई जेलबाट अभिनेता भएको हिसाबले छुट नदिइएको बताए । उनले आफूले ५ महिना अगाडि नै यो बिषयमा आवेदन दिएको खुलाए ।
 
 
परिवारसँग नयाँ बर्ष मनाउनका लागि उनले जेलबाट छुटकाराको लागि आवेदन दिएका थिए । संजयले जेलबाट निस्किएपछि संचारमाध्यमसँग कुरा गर्दै आफुले १८ केजी तौल घटाएको बताएका छन् ।
 
संजयले जेलबाट बाहिर निस्कने वित्तिकै आफूले जेलमा बसेर बनाउँदै गरेको सिक्स प्याक्स पनि देखाएका थिए । जेलबाट संजयलाई बारम्बार छुट्टी दिइएकोमा विरोध पनि भैरहेको छ । तरपनि उनलाई बारम्बार जेलबाट छुट्टी दिने गरिएको छ ।
 
संजयले आफूद्धारा अभिनित फिल्म 'पीके' पनि परिवारको साथमा हेरेका थिए । उनले जेलमा बसेर किताब पनि लेखिरहेका छन् ।
Most Visited News (monthly)