मुम्बईबाट नेपाल फर्केलगतै नेपाली फिल्ममा अभिनेता निखिल उप्रेती व्यस्त हुन थालेका छन् । उनले आफ्नै निर्देशनमा फिल्म 'भैरव'को छायांकन सकाएका छन् । उनी वितरक गोपाल कायस्थको फिल्म 'लुटेरा'मा पनि काम गर्दैछन् ।

यसलगतै निखिलले फिल्म 'राजा'मा काम गर्ने पक्का भएको छ । सम्पूर्ण छायांकन दुबइमा हुन लागेको यो फिल्ममा निखिलको साथमा जयकिशन बस्नेत, जीके शर्मा पक्का भएका छन् । फिल्मको निर्देशन दीपक खाँडले गर्दैछन् ।
फिल्मको छायांकन फागुन १५ गतेबाट दुबइमा हुन लागेको हो । फिल्ममा सालिक सुवेदीको निर्माण, निरञ्जन सिग्देल कार्यकारी निर्माता छन् । फिल्ममा दिनेश अधिकारीको नृत्य, हिमाल केसीको द्धन्द्ध रहने पक्का भएको छ ।
पूर्णरूपमा द्धन्द्धात्मक कथामा बन्न लागेको फिल्ममा निखिलले आफ्नो पुरानो एक्सनको छविलाई नै निरन्तरता दिनेछन् । दुबइमा रहने डनको कथामा यो फिल्म बन्दैछ ।

