Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पोखरामा `जिन्दगी रक्स`

रेम बिक, पोखरा, 2014/12/28
आगामी शुक्रबारबाट रोमान्टिक कमेडी लभस्टोरी फिल्म 'जिन्दगी रक्स' प्रदर्शनमा आउनेछ । युवापुस्ताको जमात रहेको यो फिल्मको प्रचारलाई तिब्र पार्न निर्माण टोली यतिबेला देश दौडाहमा छ । यहि क्रममा फिल्मको एक टोली पोखरा आईपुगेको छ । 
 
 
आईतबार टोलीले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि फिल्मको बारेमा जानकारी दियो । फिल्म युवापुस्तालाई लक्षित गरि निर्माण भएको जानकारी दिँदै उपस्थित पत्रकारहरुलाई टोलीले फिल्मको ट्रेलर र गीतको भिडियो देखाएको थियो । 
 
फिल्मको मुख्य कलाकारहरु मध्येका एक सोनाम पाख्रिनसहित सह-निर्माता सुजिता श्रेष्ठ, कलाकार तथा मुख्य सहायक निर्देशक विनोद मैनाली र ड्रेस डिजाईनर आल्या गिरीको टोली पोखरा आईपुगेको हो । शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर टोली पोखरा आईपुगेको हो । 
 
विशेषगरि युवापुस्तालाई लक्षित गरि निर्माण भएको फिल्म 'जिन्दगी रक्स' काठमाण्डौदेखि चितवनसम्मको चार दिने यात्रा बीच चार साथीको जीवनमा आएको उतारचढावमा आधारित रहेको सह-निर्माता सुजिता श्रेष्ठले जानकारी दिईन् । 
 
निकेश खड्काको डेब्यू निर्देशन रहेको फिल्ममा सौरमराज तुलाधर, अकेशा विष्ट, सोनाम पाख्रिन, प्रकृति श्रैष्ठ,ऋचा शर्मा, मकान राई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । हरि हुँमागाईले खिचको फिल्मलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । 
Most Visited News (monthly)