Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झोले` निर्देशकले `पशुपती प्रसाद` बनाउने

फिल्मीखबर, काठमाण्डौ, 2014/12/28
'चपली हाईट', 'धर्मा', 'भिजिलान्ते' र 'झोले' फिल्म निर्देशन गरेका दीपेन्द्र के खनालले सामाजिक कथामा 'पशुपती प्रसाद' नामक फिल्म निर्देशन गर्ने भएका छन् । रविन्द्र सिंह बाँनियाले फिल्मको निर्माण गर्नेछन् ।
 
 
खगेन्द्र लामिछाने फिल्मको केन्द्रिय भूमिकामा देखिदैछन् । यस्तै फिल्ममा विपिन कार्की र रविन्द्र सिंह बाँनियाले पनि अभिनय गर्ने पक्का भएको छ । अन्य कलाकार र प्राबिधिक भने तय हुन बांँकी रहेको निर्देशक खनालले खबर दिए । 
 
रोजिना श्रेष्ठ, रिता श्रेष्ठ, रजना नापितको पनि लगानी रहने यो फिल्मको छायांकन फागुन महिनाको दोस्रो साताबाट शुरू गरिने भएको छ । टुकी आर्ट्स र षट्कोण आर्ट्सको व्यानरमा बन्ने ‘पशुपति प्रसाद’ धार्मिक नाम सुनिएपनि एक पात्रको नामबाट राखिएको खनालको भनाई छ ।
   
Most Visited News (monthly)