Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजकुमार राई बोर्डका अध्यक्ष ?

फिल्मीखबर, काठमाण्डौ, 2014/12/28
माघ महिनासँगै चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैताको समयकाल सकिनेछ । यसपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा को आउने भन्ने बारेमा बहस सुरु भैसकेको छ ।
 
बोर्डको अध्यक्ष पदमा यतिबेला चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइको चर्चा चलिरहेको छ । के राजकुमार राई चलचित्र विकास बोर्डको अध्यक्ष बन्लान् ?
 
काँग्रेस पार्टीका समर्थक राजकुमार चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने संभावना प्रबल छ । कारण, उनी सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालको निकट छन् । त्यसैले पनि राजनीतिक नियुक्ती हुने बोर्डमा राई आउन सक्ने देखिन्छ । 
 
यदि राई अध्यक्ष पदमा नियुक्त भए विकास बोर्ड पूर्ण रूपमा फिल्मकर्मीको बाहुल्यतामा रहनेछ । अहिले बोर्डको सदस्य पदमा तीन फिल्मकर्मी सुरेश दर्पण पोखरेल, रूपा राना र राजेन्द्र केसी छन् ।     
Most Visited News (monthly)