Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`राजनीतिमा लागेर गल्ती गरें` : चेतन सापकोटा

फिल्मीखबर, काठमाण्डौ, 2014/12/28
संगीतकर्ममा सफल भैरहदा संगीतकार चेतन सापकोटा राजनीतिमा लागे । एकिकृत नेकपा माओवादीको झण्डा बोकेर चेतनले साँस्कृतिक क्रान्तिका कुरा गरे । जसका कारण उनी फिल्मको संगीतबाट विस्तारै अस्ताए ।
 
 
कुनै बेला अत्याधिक हित गीतको सिर्जना गरेका चेतनले आफूले राजनीतिमा लागेर अलमलिएको बताएका छन् । आफूद्धारा संगीतबद्ध फिल्म 'लोग्ने मान्छे'को अडियो तथा भिडियो बिमोचनमा उनले भने– ‘म बिचमा संगीत छोडेर राजनीतिमा लागें । जसका कारण पनि म यो क्षेत्रबाट धेरै पछाडि परेको अनुभव भएको छ ।’
 
चेतनले अब संगीत सिर्जनालाई नै अगाडि बढाउने बताएका छन् । राजनीतिको कारणले आफ्नो संगीतकर्म नै ओझेलमा परेको भन्दै उनले गल्ती भएको स्विकार गरेका छन् । चेतनले आफू राजनीतिमा लागेर पछि परेको भन्दै अब निर्मातालाई फिल्म दिन पनि आग्रह गरेका छन् ।
 
नेपाली कलाकारहरु संविधानको सभाको चुनावमा विभिन्न पार्टीको खोल ओडे पनि अहिले फेरि कलाकारितालाई नै अगाडि बढाउन लागिपरेका छन् । यही भिडमा चेतन पनि देखिएका छन् । 
 
चेतनले पछिल्लो समय संगीत भरेको फिल्म 'लज्जा'को 'मात लाग्यो' बोलको गीत निकै हिट भएको थियो । 
Most Visited News (monthly)