Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुशान्त र इमरान क्रिकेटरका हिरो | चार्ल्स शोभराज बन्दै रणदीप

फिल्मीखबर, काठमाण्डौ, 2014/12/28
बलिउडमा बायोपिक फिल्म बन्ने क्रम बढ्दो छ । बिशेषत: चर्चित खेलाडीको जीवनीमा फिल्म बनाउने होड नै चलेको छ । यहि क्रममा दुई क्रिकेटर महेन्द्र सिंह  धोनी र मोहम्मद अजर्हुद्दिनको बायोपिक फिल्म बन्ने भएको छ । 
 
 
हालको भारतका क्रिकेट टिम क्याप्टेन धोनीको जीवनीमा बन्ने फिल्ममा सुशान्त सिंह राजापुतले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् भने भारतका पूर्व क्रिकेट क्याप्टेन अजर्हुद्दिनको बायोपिक फिल्ममा इमरान हासमीले मुख्य भूमिका निर्वाह गर्दै छन् ।
 
'एम. एस. धोनी' नाम दिईएको फिल्ममा नीरज पाण्डेले निर्देशन रहने छ भने मोहम्मद अजर्हुद्दिनको बायोपिक फिल्मका निर्देशक कुनाल देशमुख हुन् । यसअघि खेलाडीको जिवनीमा 'पान सिंह तोमर', 'भाग मिखा भाग' र 'मेरी कोम' फिल्म बनिसकेका छन् । 
 
यस्तै अन्तराष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजको पनि बायोपिक फिल्म बन्दै छ । प्रवल रमनको निर्देशन रहने यो फिल्ममा रणदीप होडा मुख्य भूमिकामा देखिने छन् । यि फिल्म सन् २०१५ भित्र आउने बताईएको छ ।     

 

Most Visited News (monthly)