कुनै बेला थियो अभिनेता सुमन सिंहको हातमा फिल्म नै फिल्म थिए । हप्तामा प्रदर्शनमा आउने कुनै न कुनै फिल्म उनकै हुन्थ्यो । आज सुमन सिंह कहाँ छन् कसैलाई थाहा छैन । मिडिया र फिल्म दुनियाँबाट उनी लभगभ हराएका छन् ।
सुमनको हातमा आज कुनै पनि फिल्म छैन । म्यूजिक भिडियोमा फाट्टफुट्ट देखिएका सुमन त्यसमा पनि हराएका छन् । सुमनको नेपाली फिल्मको उदय र पतनलाई हेरेर फिल्मीकर्मी आ-आफ्नै तर्क गर्छन् ।
सुमनले आफूलाई सुहाउने, नसुहाउने सबै फिल्ममा काम गरे । चकलेटी र आकर्षक जिउडाल भएपनि सुमनले लामो समयसम्म यो नगरीमा राज गर्न सकेनन् ।
सुमनका फिल्मले व्यवसायिक सफलता हात नपार्नु नै हराउनुको कारण बनेको बिश्लेषण गरिएको छ । हुनपनि सुमनका प्राय फिल्म बक्स अफिसमा फ्लप छन् । कुशल अभिनय गर्न सक्ने सुमनको पुन: खोजी होस्, शुभकामना !

