बलिउडमा कलाकारहरुको प्रेम सम्बन्धको समाचार कुनै नौलो होइन । दैनिकजसो कोही न कोही कलाकारको प्रेम प्रसंगले बलिउडलाई तताउँछ । अनुष्का शर्मा र विराट कोहली, रणवीर कपुर र कट्रिना कैफ बलिउडका चर्चित प्रेम जोडी हुन् ।

यहि प्रेम यात्रामा अर्की एक अभिनेत्री पनि थपिएकी छिन् । 'क्विन' फिल्ममा उत्कृष्ट अभिनय गरेर चर्चा कमाएकी कंगनाले आफू प्रेममा परेको खुलाएकी छिन् ।
इमरान खानसँग एक फिल्मको छायांकनमा व्यस्त कंगनाले आफू प्रेममा परेको र यतिबेला आफ्नो प्रेमीको नाम खुलाउने उत्तम समय नभएको बताएकी छिन् । कंगनाले आफ्नो यो सम्बन्ध विशेष भएको बताउँदै कसैको साथ पाउँदा खुशी भएको जनाइन् ।
कंगनाले आफ्नो प्रेमको बारेमा चर्चा गर्ने स्थानमा पुगेपछि बल्ल प्रेमीको नाम खुलाउने बताएकी छिन् । कंगना अभिनेता आदित्य पंचोलीसँग कुनै बेला 'लिभ इन रिलेशनशिप'मा थिईन् । केहि अजय देवगनसँग पनि उनको नाम जोडिएको थियो ।

