Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

झमकको जीवनीमा फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2014/12/26
'जीवन काँडा कि फूल' नामक आत्मकथा लेखेर मदन पुरस्कार प्राप्त गर्न सफल झमक घिमिरेको जीवनीमा आधारित रहेर फिल्म बन्ने भएको छ । जागृति फिल्मस्को ब्यानरमा बन्ने यो फिल्मलाई बिनोद बिष्टले निर्माण गर्दैछन् । 
 
 
'जीवन काँडा कि फूल' नामक आत्मकथामाथि नै आधारित रहेर झमकको निश्चित समयावधिको जीवनीमाथि फिल्म बन्न लागेको हो । यसका लागि झमक घिमिरे साहित्य प्रतिष्ठानबाट पनि स्विकृत लिइसकिएको छ । 
 
गतबर्ष नै फिल्म निर्माण सुरु गरिने योजना भएपनि झमकको बाल्यकालको अभिनय गर्ने कलाकार नभेटिएकाले ढिलो भएको हो । विं. सं. २०४५ को भूकम्पले भत्काएको झमकको जन्मघर, गाइगोठ लगायतका कृत्रिम संरचनाको समते निर्माण गरिने भएको छ ।
 
आफ्नो जीवनीमाथि फिल्म बन्न लागेपछि झमकमा पनि उत्साह थपिएको छ । ८ बर्षको उमेरमा अक्षर लेख्न थालेकी झमकले १५ बर्षको उमेरबाट साहित्य लेखन सुरु गरेकी हुन् । फिल्मको नाम 'जीवन काँडा कि फूल' नै राख्ने बुझिएको छ । 
Most Visited News (monthly)