निर्देशक ऋषि लामिछानेको बोली अभिनेत्री अनुसार फेरिदो रहेछ भन्ने कुरा बुझिएको छ । उनले निर्देशन गरेको 'सरी ल' प्रदर्शनमा आउँदा यस फिल्मकी अभिनेत्री अनिता आचार्य संसारकै सुन्दरी थिइन् ।

ऋषिलाई युवतीमा सुन्दरी अनिता भन्दा अरु संसारमा नै कोही लाग्दैनथ्यो । फिल्मको प्रमोशनमा पनि उनले अनितालाई नै अगाडि सारेका थिए । अनिताको प्रशंसा गरेर ऋषि थाक्दैनथे ।
जब 'सरी ल' चलेर उत्रियो, अनिता पनि उनको नजरबाट उत्रिइन् । अब यी निर्देशक अर्की अभिनेत्री शिल्पा पोख्रेलको प्रशंसामा फूलगुच्छा भरिरहेका छन् ।
सोमबार काठमाण्डौमा ऋषिले निर्देशन गरेको र शिल्पाले अभिनय गरेको फिल्म 'हवल्दार सुन्तली'को कार्यक्रममा पनि ऋषि शिल्पाको प्रशंसा गरेर थाकेनन् । उनले शिल्पालाई संसारकै राम्री, अती नै खुबी भएकी लगायतका पगरी गुथाए । शिल्पा पनि ऋषिको प्रशंसाले मख्ख परिन् ।
पत्रकारहरुको अगाडि जुन फिल्मको प्रचार गर्नुछ त्यही फिल्मकी अभिनेत्रीलाई सुन्दरी देख्ने ऋषिको यो कस्तो बानी हो ? उनले यसअघि शिल्पा र अनिताको सुन्दरतामा अनितालाई नै रोजेका थिए । अब उनको नजरमा शिल्पा संसारकै सबैभन्दा सुन्दर युवती बनिसकेकी छिन् ।

