गुरूङ सँस्कृतिमा आधारित नेपाली फिल्म ‘जुनी जुनी’ प्रदर्शनको लागि करिब तयार भएको छ । यो फिल्मलाई निर्माणपक्षले पुसको २६ गते विशेष प्रदर्शनी गर्ने तयारी गरिरहेको छ ।

माओत्से गुरुङ निर्देशित फिल्म ‘जुनी जुनी’मा पर्यटकीय रोयल ट्रेकको जीवनशैली, गुरुङ संस्कृती, सँस्कार र प्रेम कथा बुनिएको जानकारी छ । गुरूङ समुदायको ल्होसारकै छेको पर्ने गरि फिल्म पुस २६ गते शनिबार पोखराको कल्पना सिनेमा हलमा प्रदर्शन गर्ने तयारी भएको निर्देशक गुरूङले बताए ।
माओत्से फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको पटकथा र संवाद समेत माओत्से गुरूङ आफै लेखेका हुन् । फिल्ममा कुशल गुरूङ, विश्वास गुरूङ, सोविन गुरूङ र पवित्रा गुरूङको मुख्य भूमिका छ । भेष गुरुङ फिल्मको छायाँकार हुन् ।

