Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हवल्दार सुन्तली`लाई `किस्मत २` उपहार

फिल्मीखबर, काठमाण्डौ, 2014/12/22
अभिनेत्री शिल्पा पोख्रेललाई आज आफ्नो जन्मदिन स्पेसल होला भन्ने थाहा थिएन । जब निर्माता छविराज ओझाले एक कार्यक्रमको आयोजना गर्दै केक काट्न लगाए तब शिल्पा सरप्राइज भइन् ।
 
 
 
निर्माता ओझाले फिल्म 'हवल्दार सुन्तली'को अडियो र भिडियो बिमोचन कार्यक्रम अभिनेत्री पोख्रलको जन्मदिन पारेर राखेका थिए । ऋषि लामिछानेले निर्देशन गरेको यो फिल्ममा शिल्पा मुख्य भूमिकामा छिन् । उनको साथमा अभिनेताद्धय सविन श्रेष्ठ र किशोर खतिवडाले हवल्दार सुन्तलीमा अभिनय गरेका छन् ।
 
कार्यक्रममा नेपाली चलचित्र निर्माता संघका अध्यक्ष राजकुमा राइ लगायतका फिल्मीकर्मीले फिल्मको अडियो बिमोचन गरे । यो फिल्ममा ३ गीत समावेश छ । कार्यक्रममा टंक बुढाथोकीको संगीत रहेको 'घन्टी बज्यो' र दीपक शर्माको 'डोला डोला' बोलका गीतको भिडियो मात्र सार्वजनिक गरिएको थियो । 
 
 
 
कार्यक्रमको सुरुमा नै डोला डोला गीत गाउँदै गायक यूवराज चौलागाई र गायिका सहिमा श्रेष्ठ स्टेजमा पुगेका थिए । उनका साथमा कलाकार, निर्माता र निर्देशकले नृत्य गरे । यो फिल्म चैत्र २७ गतेबाट हलमा लाग्दैछ ।
 
कार्यक्रममा अभिनेत्री शिल्पा पोख्रेलको जन्मदिनको अवसर पारेर छवि ओझाले सरप्राइज गिफ्ट पनि दिए । उनले निर्माण गर्न लागेको नयाँ फिल्म 'किस्मत २'मा शिल्पा पक्का भएकी छिन् । यो फिल्मलाई श्याम भट्टराईले निर्देशन गर्दैछन् । अभिनेताको टुंगो लागिसकेको छैन । 

Most Visited News (monthly)