Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बाबुआमा र छोराछोरीको `इच्छा`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/22
अभिनेता भुवन केसीलाई सम्मान गर्दै फिल्म 'इच्छा'को अडियो बिमोचन गरिएको छ । मुनाल घिमिरेले निर्देशन गरेको यो फिल्म माघ २ गतेबाट हलमा लाग्दैछ ।
 
 
 
प्रकाश घिमिरे, रोम ओली र नविन श्रेष्ठको लगानी रहेको फिल्मलाई मुनाल घिमिरेले निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ राई, शिखा शाही, सुवास थापा लगायतका कलाकारको अभिनय छ ।
 
नेपाली फिल्म क्षेत्रमा ३ दशकदेखि अनवरत रुपमा लागेका भुवनलाई आफूले पाएको सफलताको क्रेडिट दिंदै निर्माता तथा निर्देशक घिमिरेले सम्मान गरेका हुन् ।  
 
निर्माता तथा लेखक प्रकाश घिमिरेले यो फिल्म सामाजिक तथा पारिवारिक कथामा बनेको बताए । उनले निर्देशक घिमिरेलाई आफूले आधा कथा लेखेर सुनाएको र उनले असाध्यै मन पराएपछि फिल्म बनाउन अग्रसर भएको बताए ।
 
बाबुआमा र छोराछोरीमा देखिएको चाहनाको सेरोफेरोमो यो फिल्म घुमेको छ । कार्यक्रममा फिल्मको अडियो र पोष्टर सार्वजनिक गरिएको थियो । अभिनेता भुवन केसी र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले अडियो र पोष्टर सार्वजनिक गरे ।
Most Visited News (monthly)