अभिनेता भुवन केसी लामो समय लगाएर स्तरिय फिल्म खेल्ने र बनाउने कलाकारको रुपमा चिनिन्छन् । भुवनले नेपाली फिल्म क्षेत्रका लागि दर्जनौं हिट फिल्म दिएका छन् । उनै अभिनेता यतिबेला आफ्नो ब्यानरमा नयाँ फिल्म निर्देशनको तयारीमा छन् ।
.jpg)
आज काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा भुवनले कलाकारलाई धेरै फिल्म नखेल्न सुझाव दिएका छन् । भुवनले भने– ‘हामी कलाकारले पनि धेरै फिल्म खेल्नु हुँदैन । धेरै भन्दा राम्रा फिल्म खेल्न आवश्यक छ ।’
भुवनले नेपाली फिल्म क्षेत्रमा बग्रेल्ती फिल्म बनेको समेत बताए । उनका अनुसार क्वालिटी भन्दा क्वान्टिटी ज्यादा हुँदा फिल्म क्षेत्रमा भएको लगानी फिर्ता आएको छैन ।
कुनै पनि फिल्म एक जना व्यक्तिका कारण मात्र हिट नहुने भन्दै भुवनले यदि यस्तो कसैले भन्छ भने ऊ मूर्ख रहेको समेत खुलाए । उनले छोरा अनमोल केसीको सफलतामा खुसी व्यक्त गर्दै आफू चितामा जलिन्जेलसम्म पनि यही क्षेत्रका लागि समर्पित हुने बताए ।

