मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

नेपालमा रजनीकान्तको `लिंगा`

फिल्मीखबर, काठमाण्डौ, 2014/12/22
तामिल भाषामा बनेको फिल्म 'लिंगा' अब नेपालमा पनि प्रदर्शनमा आउने भएको छ । तामिल भाषामा नै बम्पर व्यापार गरेको यो फिल्ममा साउथ इन्डियाका सुपरस्टार रजनीकान्तको मुख्य भूमिका छ ।
 
 
रजनीकान्तको एक्सन र रोमान्सले भरिएको यो फिल्मलाई नेपालमा दर्शना आर्टस्ले वितरण गर्न लागेको हो । यो फिल्म शुक्रबारबाट नेपालका हलमा लाग्ने दर्शना आर्टस्का फाइनान्स डिरेक्टर गोविन्द सापकोटाले जानकारी दिए । यो फिल्म नेपाल र भारतका विभिन्न प्रान्तमा हिन्दी भाषामा प्रदर्शन हुनेछ ।
 
'लिंगा'मा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको साथमा साउथ चर्चित अभिनेत्री अनुष्का सेट्टीको पनि अभिनय छ । फिल्मलाई के एस रविकुमारले निर्देशन गरेका हुन् ।
 
यो फिल्मले भारतका केही प्रान्तमा ३ दिनमा १ सय करोड कमाएर नयाँ रेकर्ड बनाएको थियो । नेपालमा पनि रजनीकान्तको एक्सनका लाखौं फ्यान भएकाले प्रदर्शन गर्न लागिएको दर्शना आट्सले बताएको छ । हाल प्रदर्शनरत आमिर खान स्टारर फिल्म 'पिके'को व्यापारमा 'लिंगा'ले असर पुर्याउने अनुमान गरिएको छ ।